
नेपाली राष्ट्रिय फुटबल टोलीका पुरुष तथा महिला खेलाडीको तलब बढेको छ । बिहीबार बसेको अखिल नेपाल फुटबल संघ ९एन्फा० कार्यसमिति बैठकले खेलाडीको तलब वृद्धि गर्दै पुरुष र महिला खेलाडीलाई समान तलब दिने निर्णय गरेको हो । एन्फा कार्यसमितिले महिला र पुरुष टोलीका खेलाडीहरुले समान १८ हजार पाउने निर्णय गरेको छ ।
यसअघि राष्ट्रिय पुरुष टोलीका खेलाडीले मासिक १५ हजार र महिला खेलाडीले ७ हजार तलब पाउँदै आएका थिए । एन्फाभित्र खेलाडीको तलब बढाउने पर्ने माग पदाधिकारीले नै राख्दै आएका थिए । mयस्तै, फिफा रेफ्रिको तलब ६ हजारबाट बढाएर १० हजार बनाउने निर्णय एन्फा कार्यसमितिले गरेको छ । कर्मचारीको तलबका विषयमा भने अझै कार्यलद गठन गरी टुङ्ग्याउने एन्फाले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




