लकडाउन जेठ ३२ सम्म लम्बाउने सरकारको निर्णय, विमानस्थल असार १३ गतेसम्म बन्द

अनलाइन पत्र संवाददाता२०७७-०२-१७ No Comments

काठमाडौँ – सरकारले लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म बढाउने निर्णय गरेको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदै छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्य योजना स्वीकृत गरेको एक मन्त्रीले बताएका छन् ।

Ad
Ad