बन्द रहेको फुटबल परिक्षण आईतबारबाट सुरु हुँदै

अनलाइन पत्र संवाददाता२०७७-०८-२६ No Comments

फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तगर्तको संयुक्त छनोटका लागि मंसिर २८ गतेबाट बन्द प्रशिक्षण सुरु हुने भएको छ । बिहीबार अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमतिले विश्वकप छनोटका लागि बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको हो । एन्फाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंहको संयोजकत्वमा, स्थानीय संयोजकमा विजय घले र सुरक्षा समिति संयोजक दिनेश व्यन्जनकारसहितको समन्वय गरी मैत्रीपूर्ण खेलहरुमा सहभागिता तथा आयोजना गर्ने निर्णय गरियो । उक्त कार्यका लागि मंसिर २८ गतेदेखि बन्द प्रशिक्षण सुरु गरिनेछ ।’ नेपाली फुटबल टोलीले अघिल्लो महिना बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेलेको थियो । जसमा नेपालले एक खेल बराबरी र अर्कोमा हार ब्यहोरेको थियो ।

Ad
Ad