
अस्ट्रेलिया र इङ्ल्यान्डबीचको एसेज सिरिज अन्तर्गत दोस्रो टेस्टको चौथो दिनको खेलमा बलले टाउकोमा लागेपछि अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ मैदानमै ढलेका छन् ।

शनिबार टेस्टको दोस्रो इनिङमा ब्याटिङ गर्ने क्रममा अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथलाई इङ्ल्यान्डका पेस बलर जोफ्रा आर्चरको बलिङ बाउन्स हुँदै टाउकोमा लागेको थियो । लर्ड मैदानमा ८० रन बनाउँदै शतकको नजिक पुगेका स्मिथलाई ७७औं ओबरमा आर्चरले गरेको बलिङले टाउकोको दायाँतर्फ लागेको हो ।
आर्चरको ९२.४ माइल प्रतिघन्टाको गतिको उक्त बलले लागेर स्मिथ ढलेका थिए । ढलेको केहि समयपछि उठ्न सकेका स्मिथ खेल जारी राख्न चाहन्थे । तर फिजियोको सल्लाहमा उनले मैदान छाडेका थिए ।
स्मिथले मैदान छाड्दा दर्शकले उनलाई ताली बजाएर सम्मान गरेका थिए । तत्काल स्मिथको स्थानमा पिटर सिडल ब्याटिङ गर्न आएका थिए ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






