Comments Add Comment

मकवानपुर गोल्डकपको खेल तालिका सार्वजनिक

पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा यही माघ २८ गतेदेखि फागुन १० गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा रिगल रिसोर्ट हेटौंडा मकवानपुर ११ ले नव जनजागृति युवा क्लब सिमरासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपाल एपिएफ क्लब, हिमालयन शेर्पा क्लब, वीरगञ्ज युनाईटेड, एनआरटी फुटबल क्लब, बागमती युवा क्लब सर्लाही र एमिनिर एफसी क्यामरुन रहेको छ । त्यसैगरी समूह बी मा फ्रेण्डस क्लब ललितपुर, नव जनजागृति युवा क्लब सिमरा, रिगल रिसोर्ट हेटौंडा मकवानपुर ११, सातदोबाटो क्लब ललितपुर, मना· मस्र्याङदी क्लब र त्रिभुजन आर्मी फुटबल क्लब रहेका छन् ।

हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको तेस्रो र चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई हेटौंडा स्कूल म्यानेजमेन्टको प्रायोजनमा बुलेट मोटरसाइकल प्रदान गरिएको थियो । यस्तै विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर