Comments Add Comment

हेटौंडा–१८ मा बाघको आक्रमणबाट एक महिला घाईते

हेटौंडा–१८ हर्नामाडीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । बुधबार दिउँसो ४ बजेको समयमा हेटौंडा–१८ मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षकी मैती बयलकोटीलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेर घाइते बनाएको हो । बयलकाटीको गाला, ओठ र ढाडमा बाघको नङ्ग्रले भेटेर चोट लागेको छ ।

उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याएको हेटौंडा–१८ ठुलोदमार प्रहरी चौकीले जनाएको छ । मंगलबारदेखि उक्त क्षेत्रमा बाघको आतंक मच्चिएको छ । मंगलबार त्यस क्षेत्रमा हरिमाया मोक्तानको २ वटा बाख्रा मारेर खाएको थियो भने राजु पहेंलीको एउटा बंगुर मारेर खाएको र एउटा घाइते बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर