Comments Add Comment

बिपि जयन्तीको अवसरमा बानियाँले गरे ५० परिवारलाई खाद्यान्न वितरण

हेटौंडा–५ सानोपोखरामा सञ्चालित फुडबैंकमा आज बाग्मती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले १०७ औँ बिपि जयन्तीको अवसरमा ५० परिवारलाई २५ हजार रुपैया बराबरको खाद्यान्न सहयोग गरेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिएका छन् । खाद्यान्न वितरण कार्यक्रममा तरुनदल हेटौँडा नगरका अध्यक्ष सुनिल गिरी , नगर सभापत्ति आनन्दराम पराजुली, क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्यहरु विष्णु पुडासैनी ,सुमन महत , सरोज मुक्तान क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै भोलि बिहिबार फुड बैंकलाई बाल जागृती बोडिङ स्कुलका शिक्षिका उर्मिला राई र व्यावसायी भुमीनन्दन गौतमले खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महतले जानकारी दिएका छन् । फुड बैंकबाट हालसम्म २५१ परिवारलाई खाद्यान्त वितरण गरिएको छ । खेलकुद तथा सामाजिक विकास मण्डल सानोपोखरा क्लबका अध्यक्ष उमेश महतको संयोजकत्वमा सञ्चालनमा ल्याएको फुड बैंक बिहान ७ बजेदेखि ९ बजेसम्म खुल्ला रहने गरेको छ । फुड बैंकले प्रतिव्यक्ति ४ किलो चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न वितरण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर