हेटौंडामा ल्होछार बिशेष सास्कृतिक कार्यक्रम हुने

अनलाइन पत्र संवाददाता२०७७-१०-१९ No Comments

बागमती प्रदेशको राजधानी हेटौंडामा तामाङ समुदायको २८५७ औ लाङ ल्हो ९गाई बर्ग० सोनाम ल्होछारको अवसरमा ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । यही माघ ३० गते मकवानपुर तामाङ कलाकार संघको आयोजनामा हेटौँडाको टिसिएन चौरमा हुने सास्कृतिक कार्यक्रमको बारे आज हेटौडामा पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । सास्कृतिक कार्यक्रममा भेषभुषा, सस्कृति, मौलिक खानाको प्रदर्शन हुने, लामा झाक्रीहरुको बिशेष प्रस्तुत रहने कार्यक्रमको संयोजक धिरेन लामाले बताए । यस बर्ष संघकै कलाकारहरु पर्याप्त रहेकोले मकवानपुरमै रहेका तामाङ कलाकारहरु मार्फत सांगीतिक प्रस्तुति रहने संयोजक लामाले बताए ।

No description available.

संघका अध्यक्ष धिरेन लामाको संयोजकमा २५ सदस्यीय ल्होछार बिशेष बृहत सास्कृतिक कार्यक्रम मूल आयोजक समिति गठन गरिएको छ । सह(संयोजकमा अनराज मोक्तान, आर्थिक संयोजकमा माया घलान, प्रचारप्रसार संयोजकमा बिक्रम लुङबा, मंच तथा साउण्ड सिस्टम ब्यबस्थापन संयोजकमा रबिन्द्र थिङ, कलाकार संयोजकमा सुजना रुम्बा, अतिथि सत्कारमा राधिका स्याङ्तान, मायाको चिनो ब्यबस्थापन संयोजक बिमला थिङ, स्टल ब्यबस्थापनमा सोयल लामा, र झाकी ब्यबस्थापनमा साम्तेन मोक्तान लगायत रहेका छन् । विगतका वर्ष जिल्लाको गुम्बा, घेदुङ, तामाङ गुठी, लगायतले संयुक्त रुपमा ल्होछार महोत्सब गर्दै आएको थियो भने यस बर्ष मकवानपुर तामाङ कलाकार सघको आयोजनामा हुने भएको हो ।

Ad
Ad