मनहरी गाउँपालिका वडा नम्बर ४ को कुल १ हजार ५ सय ९३ अन्तिम मत परिणाम आउदा वडाध्यक्षमा माओवादी केन्द्रको प्रकाश थापा बिजयी भएको छ । बिजयी भएका थापाले ५ सय ४१ मत सहित माओवादी केन्द्र बिजयी भएको हो ।

उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसले ४ सय ८२ मत, एमालेले ३ सय ६२ मत ल्याएको थियो । र नेकपा एकीकृत समाजवादीको ३३ मत रहेको छ। त्यस्तै, पालिका तर्फ गठबन्धनका उम्मेदवारहरुले नै अग्रता कायमै राखेको छ । गठबन्धनका नेपाली कांग्रेसको अध्यक्षमा ६ सय ४ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी उपाध्यक्षले ४ सय ९९ मत प्राप्त गरेका छन् ।

त्यसै गरि, दोस्रोमा एमालेको अध्यक्षले ३ सय ७९ मत, उपाध्यक्षले ३ सय ५१ मत प्राप्त गरेको छ । नेकपा एकीकृत समाजवादीले ५७ मत, र उपाध्यक्षले २ सय ६० मत प्राप्त गरेको छ । ४ नम्बर वडामा ३८ मत बदर भएको छ भने वडा तर्फको महिला सदस्य, दलित महिला सदस्य, खुल्ला सदस्य, खुल्ला सदस्य दुइ गरि ४ जना सदस्य भने नेपाली कांग्रेस तर्फले जितेका छन्। अहिले मनहरी वडा नम्बर ५ को मतगणना शुरु भएको छ।