मकवानपुरको हेटौंडा–१५ चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुघंटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी दमकका ६० बर्षीय दिल्लि बहादुर दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार उनको हेटौंडा अस्पतालमा उचारको क्रममा मृत्यु भएको छ । गएराती काठमाण्डौंबाट झापाको दमक तर्फ जाँदै गरेको ना ७ ख २०३२ नम्बरको बस दुर्घटनामा परी दुई दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् । उपचारका लागि घाइतेहरुलाई हेटौंडा अस्पताल , भरतपुर र काठमाडौंमा पठाईएको प्रहरी बताए ।