Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

उज्यालो यात्रा युवा क्लबद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Company Register

हेटौडा – उज्यालो यात्रा युवा क्लबले मकवानपुरगढि गाउँपालिका वडा नं. ४ स्थित सामरी पुलमा आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतित्यथामा सम्पन्न गरिएको हो ।

Advertisement

कोभिड १९ को कारणबाट रगत अभाव भइरहेको बेला नेपाल रेडक्रस सोसाइटी ब्लड बैंक हेटौडासँग सहकार्य गरी क्लबले रक्तदान कार्यक्रम गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान दिएका छन् ।

कार्यक्रममा विशेष अतिथीका रुपमा गढि गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष राम प्रसाद तिमल्सिना , हेटौडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष सबिन न्यौपानेको उपस्थिथिति थियो । त्यसैगरी विभिन्न संद्य संस्थाका प्रमुख तथा प्रतिनिधी, स्थानिय बुद्धिजीवि तथा माजसेवीहरुको उपस्थिती रहेको थियो । उपस्थिथित अतिथीहरुले क्लबले गर्ने सामाजिक कार्यको लागि सदैव साथ र सहयोग गर्ने बताएका छन् ।

कार्यक्रममा क्लबका अध्यक्ष रोशन बस्नेत, उपाध्यक्ष सुनिल नेपाली, सचिब राजिब अधिकारी, सह–सचिब सुजन अधिकारी, कोषाध्यक्ष बिनिसा खत्री लगायत सदस्यहरु सुजन कटुवाल, राजन धिताल, प्रतिक्षा कार्की, उस्ना श्रेष्ठ, बिजय श्रेष्ठ र रश्मी लामाको उपस्थिती रहेको थियो ।

क्लबले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई धन्यवाद दिदै अगामी दिनहरुमा सामाजिक विकासको हरेक काममा सहभागी हुने र समाजमा रहेको लुकेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने प्रतिवद्धताका साथ यस क्लबलाई अगाडि बढाउने कार्यक्रम संयोजक सुजन अधिकारी तथा बिनिसा खत्रीले बताए ।

यसअघि क्लबले मकवानपुर गढि गाउँपालिका वडा नं. ५ स्थित बुङ्दलमा मोक्क्ष धाममा कार्य शुभारम्भ गरेको थियो ।

यो पनि पढ्नुहोस्

उज्यालो यात्रा युवा क्लबको शुभारम्भ

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...