Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढी दरवारको मन्दिरमा लगाइने प्रवेश शुल्क खारेजीको माग

Company Register

ऐतिहासिक मकवानपुरगढी दरवार भित्र धार्मिक आस्था बाकेको बंशगोपाल कृष्ण मन्दिर र पुरै दरवार परिसर प्रवेश गर्न शुल्क लगाउने तयारी रहेको गाउँपालिकाको निर्णय खारेजी गर्न मकवानपुरगढी गाउँपालिकाका वडा नम्बर २ मा रहेको बंशगोपाल टोल विकास संस्थाले खारेजी सम्बन्धमा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईलाई ज्ञापन पत्र बुझाएका छन्, ।

Advertisement

टोल विकासका अध्यक्ष राजेश थापाले अध्यक्ष हुमागाईलाई पत्र बुझाएका थिए । पत्रमा गाउँपालिकाले टेण्डर आव्हान गरि शुल्क लगाउने काम लाई रोक्न टोलबासीहरुको आग्रह रहेको छ । नेपाल अधिराज्यको कुनै पनि मठमन्दिरहरुमा प्रवेशमा शुल्क नलाग्ने, स्थानिय टोल विकास तथा स्थानियबासीहरुको असहमति हुदाँहुदैं डेण्डर आव्हान गरि शुल्क लगाउने कार्यलाई अगाडि बढाएको प्रति ध्यानाकर्षण समेत गरिएको पत्रमा उल्लेख छ । शुल्क लिने प्रक्रिया तत्काल खारेज गरि गाउँपालिकाको मातहतमा संरक्षण विकास समिति तयार गरी गढी दरवार र मन्दिरको संरक्षणमा लाग्नुपर्ने स्थानियहरुको माग रहेको छ ।

यस विषयमा गाउँपालिका अध्यक्ष हुमागाईले सल्लाह सुझावको लागि धन्यवाद दिदैं नियम कानुनमा रहि कार्यपालिकाबाट नै पास गरि ऐतिहासिक मकवानपुरगढी र दरवार भित्र रहेको बंशगोपाल मन्दिरको संरक्षण गर्न यो प्रक्रिया अघि बढाइएको बताए । उनले त्यहि संकलित रकम त्यहि क्षेत्र संरक्षण र प्रर्वद्धनमा खर्च गरिने गरि टेण्डर आव्हान गरि काम प्रक्रिया अगाडी बढाइएको बताए ।

गाउँपालिकाले केहि समय अघि मकवानपुरगढी दरवार प्रवेश शुल्क र पार्किङ शुल्कको लागि टेण्डर आव्हान गरेको थियो । उक्त ठेक्का मकवानपुरगढी वडा नम्बर २ को बाँसपानी निर्माण सेवाले १३ लाखमा पारेको छ ।
बंशगोपाल टोल विकास संस्थाले आजै जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेकपा मकवानपुरगढी र नेपाली कांग्रेस मकवानपुरगढी र राप्रपा मकवानपुरगढी समितिलाई समेत पत्र पेश गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...