हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १२ मा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । हेटौंडा–१२ को गुप्तेश्वरी जंगलमा मृत अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घोप्टो परेर लडेको अवस्थामा पुरुष शव फेला परेको प्रहरीले जनाएको छ ।सोही वडामा बसोबास गर्ने अन्दाजी ४० वर्षीय केशव विक रहेको जनाएको छ । अहिले पोस्टमार्टमका लागि मृत शव हेटौंडा अस्पताल ल्याएको र घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरी जनाएको छ । भिरबाट लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । बिहिबार राती ८ बजेको समयमा स्थानियले मृत शव देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ ।