आज हेटौंडामा एक दिने ‘डेरी मेला’  हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहिबार पत्रकार सम्मेलन गर्दै नेपाल डेरी एसोसिएसनले आफ्नो २२ औं वार्षिक साधारण सभा एवं ८ औं राष्ट्रिय महाधिवेशनको अवसरमा आज शुक्रबार एक दिने डेरी मेला गर्ने जानकारी दिएको हो ।

एसोसिएसनका केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको महत्व र दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न प्रचार प्रसार गर्न डेरी मेलाको आयोजना गर्न लागिएको सम्मेलनमा बताए । उनका अनुसार हेटौंडा–२ को पल्पसा सदनमा आज शुक्रबार बिहान १० बजे देखि अपरान्न ४ बजेसम्म डेरी मेला रहने र त्यसपछि एसोसिएसनको साधारणसभा एवं अधिवेशन सुरु हुने छ ।

कार्यक्रम बागमती प्रदेशका कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमागाईले उद्घाटन गर्ने मेला तथा साधारण सभामा देशभरबाट डेरी व्यवसायीहरुको सहभागिता रहने एसोसिएसनले जनाएको छ । कार्यक्रममा नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष सुमित केडिया, एसोसिएसनका उपाध्यक्ष राजन दहाल, एसोसिएसनका बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरे, केन्द्रिय रामभक्त दहाल, मनोज कुमार घिमिरे लगायतको उपस्थिती रहेको थियो ।