मकवानपुरमा शनिबार बिहान थप ३१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुने मध्य धैरैजसो हेटौंडा उपमहानगरपालिका क्षेत्रका छन् भने दुई जना मकवानपुरगढीका रहेका छन् । मकवानपुरगढी वडा नम्बर ३ का ४४ वर्षिया र ७४ वर्षिया महिलामा शनिबार बिहान आएको रिपोर्टमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । उनीहरुले कात्र्तिक २१ गते शुक्रबार स्वाब दिएका थिए ।