यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

उज्यालो यात्रा युवा क्लबको शुभारम्भ


हेटौडा – उज्यालो यात्रा युवा क्लबले गढि गाउँपालिका वडा नं. ५ स्थित बुङ्दलमा घटस्थापनाको अवसरमा मोक्ष धाम स्थापना गरी क्लबको कार्य आरम्भ गरिएको छ ।

Advertisement
यस क्लबले घटस्थापनाको दिन माहाशक्तिको विजय दशमी शु्रु भएसँगै यस मोक्ष धाममा शिव साधक श्री हरि प्रसाद बजगाई पूजन कार्यविधि सम्पन्न गरी आरम्भ गरिएको हो ।
सो कार्यक्रममा गढि गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई , गढि गाउँपालिकाका वडा नं. ५ का अध्यक्ष जीत बहादुर घिमिरे, वडा सदस्य हिरा बहादुर दोङ त्यसैगरी सामुदायिक बन माहासंद्यका प्रतिनिधी बलराम अधिकरी लगायत स्थानिय बुद्धिजीवि तथा समाजसेवीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष हुमागाईले क्लबले गर्ने सामाजिक कार्यको लागि सदैव साथ र सहयोग गर्ने बताउनुभयो । त्यसैगरी गढि गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष राम प्रसाद तिमल्सिनाले पनि सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा क्लबका अध्यक्ष रोशन बस्नेत, उपाध्य सुनिल नेपाली, सचिब राजिब अधिकारी, सह–सचिब सुजन अधिकारी, कोषाध्यक्ष बिनिसा खत्री लगायत सदस्यहरु सुजन कटुवाल, राजन धिताल, प्रतिक्षा कार्की, रश्मी लामाको उपस्थिती रहेको थियो ।
कार्यक्रम संयोजक राजिब अधिकारीले आफ्नु मन्त्यब्य राख्दै यस क्लबलाई सहयोग पुर्याउनुभएका सबै सहयोगी हातहरुलाई धन्यवाद दिदै यस विजया दशमीको पावन अवसरमा सबै नेपालीहरुमा सु–स्वास्थ, दिर्घायु तथा उत्तरउत्तर प्रगतिको लागि सबै नेपाली दाजुभाई दिदिबहिनीहरुमा शुभकामना व्यक्त गर्दै अगामी दिनहरुमा सामाजिक विकासको हरेक काममा सहभागी हुने र समाजमा रहेको लुकेको प्रतिभाहरुलाई प्रस्फुटन गर्ने प्रतिवद्धताका साथ यस क्लबलाई अगाडि बढाउने बताउनुभयो । सो सर्यक्रममा स्थानिया पत्रकारहरुको पनि उस्पतिती रहेको थियो।