क्रिकेट लिजेन्ड सर एभर्टनको निधन

|
शुक्रबार, आषाढ १९, २०७७
|
|
० पटक हेरिएको
Shares

एजेन्सी – वेस्ट इन्डिज क्रिकेटका लिजेन्ड क्रिकेटर सर एभर्टन विक्सको बुधबार ९५ वर्षको उमेरमा निधन भएको छ।  

क्रिकेट वेस्ट इन्डिजले लिजेन्ड एभर्टनको निधन भएको जनाएको छ। फ्रांक ओरेल र क्लाडे वाल्कटसँगसँगै खेलेका एभर्टनले वेस्ट इन्डिजबाट १९४८ मा डेब्यु गरेका थिए। विश्वभर प्रतिष्ठिन प्रशिक्षक, विश्लेषक, टिम म्यानेजर र म्याच रेफ्रीको रूपमा चिनिएका एभर्टन अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का सदस्य पनि थिए। २२ वर्षको उमेरमा टेस्ट खेलमा डेब्यु गरेको एभर्टनले पहिलो खेल क्रिकेटको जननी मानिने इङ्ल्यान्डसँग खेलेका थिए। उनले पहिलो खेल किंग्सटन ओभल मैदानमा खेलेका थिए भने अन्तिम खेल पाकिस्तानविरुद्ध ट्रिनिडाडमा एक दशकपछि खेलका थिए।  

वेस्ट इन्डिजका लागि विक्सले ४८ टेस्टमा ४ हजार ४ सय ४५ रन बनाएका छन्। उनी पाँच टेस्ट इनिङ्समा लगातार शतक बनाउने खेलाडी पनि हुन्। उनीसँगै खेलेका ओरेल र वाल्कटको १९६७ र २००६ मा निधन भइसकेको छ।  

‘सबै मेरिलिबन क्रिकेट क्लबका पदाधिकारी सर एभर्टनको निधनले निकै स्तब्ध  भएका छौं,’ क्लबले  बुधबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘सबैका प्रेरणाका व्यक्ति गुमाउँदा निकै दुखित छौं। एक महापुरुष तथा वेस्ट इन्डिजका लेजेन्ड गुमाएका छौं।’

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
ढुङ्गेगढीमा सेनाको योगदान: ढुङ्गेधारा र पानी ट्यांकी गाउँपालिकालाई हस्तान्तरण
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
बागमती पुलबाट टेलर खस्दा चालकको मृत्यु,
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द
कुलेखानी–फाखेल सडक एक महिना प्रभावित, थानकोट–चित्लाङ खण्ड पनि अस्थायी रूपमा बन्द