मोफसल यात्रामा ‘सानो मन’

Company Register

सिनेमा ‘सानो मन’ यूनिट यति बेला चलचित्रको प्रचार प्रसारका लागि मोफसल यात्रामा छ । २७ असारबाट मुलुक भरका सिनेमा हलहरुमा प्रदर्शनमा आउने यो चलचित्रको यूनिटले शूक्रबार चितवनका पत्रकारबीच अन्तक्रिया गरेको छ ।

नायिका शिल्पा मास्के, कलाकार सक्षमकृष्ण सुवेदी र निर्माता राजेन्द्र मानन्धरले सानो मनको बारेमा प्रकाश पारेका थिए । नायिका मास्केले यस चलचित्रमा आफुले निकै मेहनत गरेको र चलचित्र दर्शकलाई मन पर्ने जिकिर गरिन् । पत्रकार भेटघाटमा नायिका शिल्पा मास्के आफु लण्डन बसेर विदेशी फिल्ममा समेत काम गरेको अनुभव सुनाउँदै नेपालमा नै केहि गर्छु भनेर नेपाल आएर नेपाली फिल्ममा अभिनय गरेको जानकारी गराईन् । कथा वस्तु प्रभावशाली लागेर आफुले ुसानो मनुमा काम गरेको र आफ्नो तर्फा बाट सकेको काम गरेको बताउदै अब दर्शक चलचित्र हेरेर मुल्यांकन गर्ने उनले बताईन् ।

Advertisement

ya thau khali xa

सुयोग गुरुङ्गको निर्देशनमा बनेको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्र ओ।पि।जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको हो । निर्माताहरू योगेश गुरुङ्ग, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो । यो चलचित्रलाई आलोक शूक्लाले छायांकन गरेका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- .enter10nepal.com
Website Designe 1024×117
Loading...