स्मिता अधिकारी र कृशल कँडेलको आवाजमा नयाँ गीत ‘तिम्रो साथमा रमाऊँ’ सार्वजनिक (भिडियो)

अनलाइन पत्र संवाददाता२०७७-०५-१० No Comments

गायिका अस्मिता अधिकारी र कृशल कँडेलको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नेपाल आइडल सिजन २’ बाट चर्चामा आएका यी दुई गायकले पहिलो पटक एकसाथ गीत गाएका हुन् । ‘तिम्रो साथमा रमाऊँ’ बोलको गीत मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा निप्रिस उप्रेतीको शब्द, निप्रिस र पुरुषोत्तम सुवेदीको कम्पोज रहेको छ । सार्वजनिक म्युजिक भिडियोमा अस्मिता र कृशल नै फिचर्ड छन् ।

यस रोमान्टिक म्युजिक भिडियोलाई शक्ति प्रज्ज्वल घिमिरेले निर्देशन र सम्पादन गरेका हुन् । भने नमराज घिमिरेले खिचेका हुन् ।

भिडियो हेर्नुहोस्

Ad
Ad