काठमाण्डौ – रिलायन्स लाइफ इन्स्योरेन्सको प्रारम्भिक शेयर निष्कासन आईपीओमा अहिलेसम्मकै धेरै आवेदन प्राप्त भएको कम्पनीले दाबी गरेको छ ।

भदौ ४ गतेदेखि आठ गतेसम्मको आईपीओ भर्ने अवधिमा ६३ लाख कित्ता शेयरको लागि ६ लाख नौ हजारले आवेदन दिएको कम्पनीले जनाएको छ । यो सङ्ख्या नेपालको पुँजी बजारकै इतिहासमा सर्वाधिक रहेको र धितोपत्रको ३ दशमलव ८५ गुणाका लागि आवेदन पर्न गएको रिलायन्स लाइफ इन्स्योरेन्सले जनाएको छ ।

यो उत्साहको लागि रिलायन्सले सबैलाई धन्यवाद पनि दिएको छ ।