काठमाडौं – सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम बिहीबार पनि जारी छ । सुनको भाउ बिहीबार प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको भाउ तोलाको १ लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ सय रुपैयाँ थियो ।