हेटौंडा – यात्रुहरुको सहजताको लागि वल्र्डलिंक कम्यूनिकेशन इन्टरनेटले हेटौंडा–१० स्थित बसपार्कमा ‘फ्रि वाइफाई’को व्यवस्था गरेको छ ।

सामुदायिक सेवा उपकेन्द्र तथा सामुदायिक प्रहरी सेवा उपकेन्द्रका अध्यक्ष प्रदिप कँडेल तथा वल्र्डलिंकका प्राविधिक प्रमुख पवन मिश्रको संयुक्त पहलमा फ्रि वाइफाईको व्यवस्था गरिएको हो ।

यात्रुहरुको सहजताको लागि इन्टरनेट सेवा दिने उद्देश्यले फ्रि वाइफाईको व्यवस्था गरेको वल्र्डलिंकका प्राविधिक प्रमुख पवन मिश्रले जानकारी दिए । उक्त क्षेत्रमा वल्र्डलिंकले फ्रि वाइफाईको तस्विरको बोर्ड समेत राखेको छ ।