Comments Add Comment

आर्टमाण्डुले ‘के माया लाग्छ र’को सफलतापछि नयाँ गीत ‘तीनपाते’ सार्वजनिक (भिडियो)

काठमाडौँ – आर्टमाण्डुले ‘के माया लाग्छ र’ को सफलतापछि नयाँ गीत ‘तीनपाते’ ल्याएको छ ।

“के माया लाग्छ र” गीतलाई दर्शकले निकै माया दिएपछि गीतको टिमले नयाँ गीत ‘तीनपाते’ सार्वजनिक गरेको छ । ‘तीनपाते’ बोलको गीतको म्युजिक भिडियोलाई नवीन चौहानले निर्देशन गरेको र आर्टमाण्डूले निर्माण गरेको छ ।

उक्त म्युजिक भिडियोमा ग्रामीण नेपालको परिवेश, गोठका कथा, हाटबजार अनि बाल्यकालको माया र अपेक्षासहितको प्रेम कथा समेटिएको छ ।

पूर्वी नेपालको छुर्पी, नौनी, दूध अनि गोठदेखि समग्र नेपालभरिको लाहुर जाने या गाँउमै बसेर केही गर्ने दुविधालाई चिर्दै म्युजिक भिडियो मार्फत सुमधुर गीत र मन छुने कथा प्रस्तुत गरिएको छ ।

हर्क साउद शब्द सिर्जना, सुजन चापागार्ईंको संगीत तथा सुजन चापागार्ईं र विद्या तिवारीको स्वरमा रहेको गीतको संगीत संयोजन गंगा थापाले गरेका हु न् ।

म्युजिक भिडियोमा मिलन खत्री, अनु काफ्ले, हर्क साउद, नयन नेपाल, आयुष्मा काफ्ले, सम्रान्त थापा, मुना धिताल आदिको अभिनय रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर