Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘सेन्टीभाइरस’ हेर्न हलमा दर्शकको क्रेज

Company Register

शुक्रबारदेखि देखि प्रदर्शनमा आएको चलचित्र ‘सेन्टीभाइरस’ मा दर्शकको क्रेज देखिएको छ । महाशिवरात्रिको अवसर पारेर रिलिज भएको यो चलचित्र हेर्न हलमा दर्शकको बाक्लो उपस्थिति देखिन थालेको छ । शनिवार दर्शक अझै क्रेज बढी देखिएको छ । चलचित्रकी नायिका कुञ्जना घिमिरेले यो चलचित्रको प्रतिक्रियाले एकदमै खुशी भएको बताइन् । उनले भनिन्, ‘दर्शकको साथ पाउँछौं, निकै खुशी लागेको छ ।’

Advertisement

रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘सेन्टीभाइरस’ मा सीताराम र कुञ्जनाका अलावा, सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । चलचित्रको कथा कुमार कट्टेल र दीपक आचार्यले तयार पारेका हुन् । यस्तै फिल्ममा डिन्डु लामा ल्योह्मोको लगानी रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...