
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–१ का बाढी पहिरो पीडित परिवारलाई नेपाल तरुण दल मकवानपुरगढी गाउँपालिका समितिले राहत हस्तान्तरण गरेको छ । पहिरोका कारण घर भत्किनुका साथै अन्नपातसमेत पुरिएका पीडित परिवारलाई अस्थायी बसोबासको लागि त्रिपाल र खाद्यान्न सहयोग गरिएको हो ।
तरुण दलले मकवानपुरगढी–१ का रानीसेरा, जरायोटार, पराजुली डाँडा, आँपटार, अन्नपानी,डाँडागाउँ, लो डाँडालगायतको स्थानका ३५ घरधुरीलाई प्रति परिवार एकबोरा चामल र त्रिपाल सहयोग गरेको हो । तरुण दल मकवानपुरगढी गाउँपालिका अध्यक्ष सानुकान्छा थिङको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल मकवानपुरका सचिव सचित थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस पूर्व जिल्ला सदस्य बलराम घिमिरे, क्षेत्रीय सचिव सुवास सिंह लो, पार्टी तरुण विभाग सदस्य राजकुमार गोले, मकवानपुरगढी गाउँपालिका–१ का निर्वाचित अध्यक्ष आइतसिं लो, २ नम्बरवडाध्यक्ष बखानसिं पाख्रिनलगायतको आतिथ्यता रहेको थियो । १ नम्बर वडाध्यक्ष आइतसिंह लो ले बाढी पहिरोका कारण धेरै स्थानीय प्रभावित भएको भन्दै उनीहरुको बासस्थानको व्यवस्थापन र राहतको लागि गाउँपालिका र जिल्ला प्रशासनमा विवरण पठाइएको जानकारी दिए ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






