हेटौंडा उपमहानगरपालिका वडा नंबर १ मा गठबन्धनका उम्मेदवार सविन न्यौपानेले अग्रता कायम राखेका छन् । उनले वडा नंबर १ को जारी मतगणनामा १ हजार ३०४ मत ल्याउँदै अग्रता बढाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उत्तम प्रसाद पौडेलले १ हजार १९५ मत ल्याएका छन् । यसैगरि,राप्रपाका सुजन शाहीले १७३ मत ल्याएका छन् । १ नंबर वडामा हालसम्म २ हजार ९२३ मत गणना भएको छ ।