नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुर– १ को प्रदेश सभा ‘क’ मा सुशान्तकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । उपसभापतिमा कमलाकुमारी वाइवा र गोपालबहादुर न्यासुर, सचिवमा भूमिनन्द गौतम र शंकर पराजुली तथा सहसचिवमा दीपक ढकाल र अमर सोराइली निर्विरोध चयन भएका छन् ।

प्रदेश महाधिवेशन प्रतिनिधि खुला महिलातर्फ जानुका ठकुरी, समिक्षा विक र छायाँ अधिकारी, खसआर्य तर्फ बालकृष्ण सापकोटा, आदिवासी जनजाति तर्फको महिला प्रतिनिधिमा कृति ग्लान र भानुमाया सोराइली, आदिवासी जनजाति पुरुषमा दीपकसिं घलान, भक्तबहादुर राई र शुक्रराज पाख्रिन, दलिततर्फ अनिल विक र अल्पसंख्यकमा रामशरण माझी निर्विरोध भएका छन् । खुलातर्फको बागमती प्रदेश प्रतिनिधिमा भने निर्वाचन भएको छ । ७ जना प्रतिनिधिका लागि १३ जनाको उम्मेदवारी परेको थियो ।