पार्टीभित्र विवाद चुलिँदै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले सोमबार बिहान आफू पक्षीय स्थायी समिति सदस्यहरुसँग छलफल गरेका छन् । प्रचण्डले आइतबार सचिवालयका चार सदस्यसहित माधवकुमार नेपाल पक्षका केही स्थायी समिति सदस्यहरुसँग पनि यसै विषयमा छलफल गरेका थिए ।

लगत्तै सोमबार बिहान उनले पूर्वमाओवादी केन्द्रतर्फका स्थायी समिति सदस्यहरुसँग झण्डै तीन घण्टा छलफल गरेका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार पार्टीभित्र देखिएको विवादको समाधान गर्न प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली नै अग्रसर हुनुपर्ने निष्कर्ष निकालेको छ ।