सिमकोट जिल्लाको दक्षिणी क्षेत्रको एक गाउँ पहिरोको उच्च जोखिममा रहेपछि सिंगो गाउँ पालमुनि बस्नु परेको छ। वर्षेनि रुपमा वर्षायाम लागेपछि डर त्रासमा बस्नु परि रहेका बेला लगातार पानी पर्दा गाउँको छेउछाउमा पहिरो जान थालेपछि सुरक्षित बासको लागि पालमुनी बस्नु परेको हो।

ताँजाकोट गाउँपालिका वडा ३ की सदस्य औकला सार्कीले गाउँको वरीपोरी पहिरो जानथालेपछि सिंगो गाउँबासी नै पालमुनि बसेको बताइन्।सदस्य सार्कीले वडा नम्बर ३ को उतिस्यानी गाउँको वरिपोरी पहिरो जान थालेपछि गाउँलेको सुरक्षित बास बस्नका लागि गाउँ भन्दा तलको चौरमा पाल हालेर बस्नु परेको हो। दैनिक पानी लगातार पर्ने भएको कारण २८ घरधुरीका गाउँले डर र त्रासकाबिच बसी रहेको बताउदै उनले सुरक्षित बासको ब्यबस्था नभए कुनै दिन गाउँ सामुहिक चिहान बन्ने बताइन्। गाउँपालिका जाँदा पालको ब्यबस्था गरिएपछि बस्न केही सहज भएको छ।