नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत मकवानपुर–१ ख पदाधिकारीमा राजेश बानियाँको प्यानल बिजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनमा बानियाँको प्यानल नै बिजयी भएको हो ।

सभापतिमा बानियाँले १७७ मत ल्याई बिजयी भएको हो भने प्रतिष्पर्धी रमेशध्वज कार्कीले ८३ मत मात्र ल्याएका थिए । उपसभापतिमा बिनोद शर्माले १६० ,सचिवमा प्रदिप कँडेलले १९२ ,सहसचिवमा सानो कान्छा दोङले १९६ मत ल्याई निर्वाचित भएका छन् ।