
३१ साउन, हेटौँडा । विद्यार्थी बोकेर गईरहेको बसले ठक्कर दिंदा मनहरी गाउँपालिका वडा नम्बर १ मकरीमा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्बर १ का ४५ बर्षीय नकुलबहादुर बखती रहेका छन् । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौँडा–१२ मा रहेको फेमकल एकेडेमीको विद्यार्थी बोक्ने ‘अनटेष्ट’ बसले बखतिलाई ठक्कर दिएको थियो ।
शवलाई पोष्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याईएको छ भने बस र चालक पदमपोखरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यो समाचार prastakhabar.com बाट साभार गरिएको हो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




