जिल्ला प्रशासन कार्यालय मकवानपुरका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछी कार्यालयको सेवा वन्द गरिएको छ । कार्यालयमा हुने अत्यावस्यक बाहेकका सेवा वन्द गरिएको हो । आज देखि आगामी कात्तिक १ गतेसम्म बन्द भएको प्रशासनले जनाएको छ । प्रशासनले बुधबार एक सूचना जारी गर्दै कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकोले कार्यालयका अन्य कर्मचारी र सेवाग्राहीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कात्तिक १ गतेसम्म सबै सेवा बन्द गरिएको जनाएको छ ।