Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : मुम्बईलाई उछिन्दै दिल्ली शीर्षस्थानमा

Company Register

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग ९आइपिएल० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको हो । १ सय ६२ रनको मध्यम लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४८ रन बनायो । राजस्थानलाई जितको लागि अन्तिम १८ बलमा २९ रन आवश्यक रहेको थियो । १८ औं ओभरमा एनरिच नोर्टजेले एक विकेट लिदै ४ रन खर्चेका थिए । १९ औं ओभरमा कागिसो रबाडाले तीन रन खर्चेर १ विकेट लिएपछि नतिजा दिल्लीको पक्षमा गएको थियो । अन्तिम ओभरमा राजस्थानलाई २२ रन चाहिँएको थियो । डेब्यु खेल खेलि रहेका तुषारदेशपान्डेले एक विकेट लिदै ८ रन खर्चिदै रोमाञ्चक जित पक्का गराए ।

Advertisement

यो जितसँगै दिल्ली ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्ष स्थानमा उक्लिएको छ । मुम्बई र बेंगलोरको अंक तालिकामा समान १० अंक छ । नेट रन रेटको आधारमा मुम्बई शीर्ष र बेंगलोर तेस्रो स्थानमा छन् । कोलकाता ७ खेलमा ४ मा जित र ३ मा हार सहित चौथो स्थानमा छ। सनराइजर्स हैदराबाद ८ खेलमा ५ मा हार र ३ मा जित सहित पाँचौ स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलमा ५ मा हार र ३ मा जित सहित छैटौं स्थानमा छ । राजस्थान ८ खेलमा ५ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । किंग्स इलेभेन पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित २ अंक जोड्दै पुछारमा छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...