हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनकी मिना लामाको अग्रता कायमै रहेको छ । हालसम्म गणना भएको २१ हजार २३१ मतमा लामाले ६६१९ मत ल्याउँदै अग्रता कायम गरेकी हुन् । त्यसैगरी राप्पाका दिपक बहादुर सिंहले ६४९९ ल्याउदै लामालाई पछ्याउँदै छन् । एमालेका अनन्त प्रसाद पौडलेले ५५१० मत प्राप्त गरेका छन् । मतगणना जारी छ । उपमहानगरपालिका वडा नम्वर १,२,१९ को भने अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।