Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडामा रेफ्री प्रशिक्षण कार्यक्रम सुरु

Company Register

Advertisement

बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबारबाट एन्फा रेफ्री प्रशिक्षण कार्यक्रम सुरु भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० का केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यक्रमको उद्घाटन गर्दै फुटबलका खेलको विकासका लागि एन्फाले अवधारण बनाएर काम गरिरहेको बताए । उनले खेलमा रेफ्रीको निर्णय निष्पक्ष र महत्वपूर्ण हुने बताए । उनले प्रशिक्षण रेफ्रिहरुलाई फिटनेस मात्र नभई सैदान्तिक र व्यवहारिक ज्ञान समेत हुनुपर्ने भन्दै प्रशिक्षणको आवश्यकता रहेको बताए ।

यस्तै कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी वसन्त कुमार लामाले फुटबल खेललाई मर्यादित बनाउन रेफ्रिको प्रमुख भुमिका हुने बताए । कार्यक्रममा बागमती प्रदेशको खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्य लाल भण्डारीले निष्पक्ष खेल खेलाउन रेफ्रीको भुमिका महत्त्वपूर्ण हुने बताए । बागमती प्रदेश प्रदेश खेलकुद बिकास परिषद्को आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग र जिल्ला फुटबल संघ मकवानपुरको समन्वयमा प्रशिक्षण कार्यक्रम भएको हो । प्रशिक्षणमा प्रदेशका ३६ जना रेफ्रेहरुको सहभागिता रहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...