Comments Add Comment

बागमती गोल्डकपको पाँचौ‍ संस्करण यही पुस २४ देखि माघ ३ सम्म हुने

मकवानपुरको बागमती गाउँपालिकामा पाँचौ‍ संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । यहि पुस २४ गतेदेखि माघ ३ गतेसम्म प्रतियोगिता हुने शनिबार हेटौंडामा पत्रकार सम्मेलन गरेर आयोजकले जानकारी दिएको छ । बागमती गाउँपालिका वडा नंम्बर ८ मा रहेको जनता माविको खेलमैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिले जानकारी दिएको छ ।

प्रतियोगितामा एक विदेशी टिमसहित ७ वटा ए डिभिजन क्लब र २ वटा मोफसलको क्लबहरु गरेर १० टिमको सहभागिता रहने बताएको छ । सहभागी हुने टिमहरु आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मछिन्द्र युवा क्लब,हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर ११, जाउलाखेल युथ क्लब र भुटनिज युथ स्पोर्ट्स क्लब अमेरिकन रहने छ ।

प्रतियोगिताका उपाधि विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०–१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र र हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै