नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा बागमती प्रदेशको सभापति ईन्द्र बहादुर बानियाँलाई हराउँदै लामा निर्वाचित भएको हो ।
लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत प्राप्त गरेका छन् । बानियाँ यसअघिको सरकारमा पनि दलको नेता थिए। लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् भने बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशको सभापति हुन् ।