Comments Add Comment

बागमतीमा ज्येष्ठ सांसद ढुंगानाले लिए शपथ

बागमती प्रदेशका ज्येष्ठ सांसद रामप्रसाद ढुंगानाले पद तथा गोपनियताको शपथ लिएका छन् । ढुंगानालाई बुधबार बागमती प्रदेशको प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका हुन् । ढुंगाना नेकपा माओवादी केन्द्रका तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचन आयोगले प्रदेशसभा सचिवालय र प्रदेश प्रमुख कार्यालयलाई उपलब्ध गराएको विवरण अनुसार उनको जन्म २००६ साल असोज २ गते भएको हो ।

संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा सभामुख र उपसभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्यका रूपमा ढुंगानाले सभाको अध्यक्षता गर्नेछन् । प्रदेश सभामा निर्वाचित बाँकी प्रदेश सभा सदस्यहरुको सपथ ग्रहणको कार्यक्रम भोलि बिहीबार दिउँसो २ बजे प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकी सांसदहरुलाई ज्येष्ठ सांसद ढुंगानाले शपथ गराउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर