मकवानपुरगढी गाउँपालिकामा उत्पादन भएको कोदो राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंमा पुगेको छ । मकवानपुरगढी–४ खालिखोलामा उत्पादन भएको कोदो परिक्षणको लागि काठमाडौंको राष्ट्रिय आविस्कार केन्द्रमा लगिएको मकवानपुरगढी गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताएका छन् ।
प्रमुख चौधरीका अनुसार यहाँको कोदो आविष्कार केन्द्रले उत्पादन गरेको कोदो टिप्ने मेशिन , सुकाउने सोलार ड्रायर र झार्ने मेसिन परिक्षणका लागि लगिएको छ । महावीर पुनको नेतृत्वमा २०७६ सालमा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा राष्ट्रिय आविष्कार केन्द्रको निर्माण गरिएको छ । जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्रको स्थापना गरिएको बताइएको छ ।