मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको वडा नंम्बर ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका सुर्य बहादुर रुम्बा विजयी भएको छ । गएराती सम्पन्न वडा नंम्बर ७ को मत गणना अनुसार रुम्बाले आफ्ना प्रतिष्पर्धीलाई २६६ मतले पराजित गरेका हुन् । रूम्बाले ६७६ मत ल्याउँदा नेकपा एमालेका एकरत्न ग‍ोलेले ४१० मत र माओवादीका चन्द्रबहादुर योन्जनले ४०४ मत ल्याएका थिए । रुम्बाको  प्यानलसहित विजयी भएको हो ।