मकवानपुरको भीमफेदी गाउँपालिका वडा नंम्बर ८ मा नेकपा एमालेले विजयी भएको छ । वडा नंम्बर ८ को वडाअध्यक्षमा एमालेका बिष्णु बहादुर लामाले ६ सय ८२ मत प्राप्त गरेर बिजय भएका छन् । उनले ११० मतले जित हासिल गरेका हुन् । नेपाली कांग्रेसका समुन्द्रमान घिसिङले ५ सय ९६ मत ल्याएका छन् ।