हेटौंडा – ५ स्थित सिद्धार्थ शिशु सदन माध्यामिक विद्यालयका एक शिक्षकलाई आज मकवाननपुर प्रहरीले पक्राउ गरेको छ । कक्षा –७ मा अध्ययनरत विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई आज विद्यालयमै पुगेर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विद्यालयमा अध्ययनरत १२ बर्षिय अभिनव अधिकारी केही दिन अघि कक्षाकोठामा चकचक गरेको भन्दै निर्घात कुटपिट गरेको अविभावकको गुनासो छ । विद्यार्थीको ढाडमा निलडाम समेत रहेको र उक्त फोटो सहित प्रहरीमा खबर गरेपछि शिक्षकलाई आज विद्यालय परिसरमै पुगेर पक्राउ गरेको हो । शिक्षकले भने निर्घात कुटपिट नभई सजाय स्वरुप सामन्य पिटेको बताउँछन् ।