आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ८ मा नेपाली कांग्रेसद्वारा उम्मेदवार दर्ता गराएका छन् । सोमबार मकवानपुरगढी ३ स्थित मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडाध्यक्षसहित वडासदस्यहरुको उम्मेदवार दर्ता गराएका छन् ।

वडाध्यक्षमा कुमार सिं घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । घिसिङ गत निर्वाचनमा पनि नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यस्तै सदस्यहरु गोकुल प्रसाद देवकोटा , अमर सिं ब्लोन महिला सदस्यमा सुर्यमाया दोङ र दलित सदस्यमा गमला कामी ले उम्मेदवारी दर्ता गराएका छन् ।