Comments Add Comment

मकवानपुरको बागमतीमा एकीकृत समाजवादीको पालिका स्तरीय कमिटि निर्माण

पूवी मकवानपुरको बागमती गाउँपालिकामा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी निर्माण गरिएको छ । शनिबार धनपति तिमल्सिनाको अध्यक्षतामा २५ सदस्यीय पार्टीको पालिका कमिटिमा उपाध्यक्ष चर्तुमान रखाल, सचिव हेमकुमार ग्यालन, सहसचिव प्रयागराज खनाल लगायत रहेका छन् । भेलामा पार्टी सचिव विष्णु दाहाल, जिल्ला कमिटि सदस्यहरु नारायण तिमल्सिना, माधव तिमल्सिना, भक्तबहादुर आले, राजप्रकाश भन्डारी, भरत लामिछाने, विष्णुकुमारी तिमल्सिनाको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर