बिहिबार बिहानै हेटौँडाको भैरवडाँडामा ट्याक्टर पल्टिदा एक जनाको ज्यान गएको छ । हेटौंडा १ भैरवडाँडाबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ६ त ४५३७ नम्बरको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएकोे हो ।

मृत्यु हुनेमा हेटौँडा ९ का १९ वर्षिय शौरव दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनकारी दिएको छ । ट्याक्टर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।