2025-10-26 6:10 am
Ads

मकवानपुरगढी ५ नंम्बर वडाको अध्यक्षका उम्मेदवार दिपेश दाहाल को हुन् ? यस्तो छ पृष्ठभुमी

देशमा अहिले दोस्रो पटक स्थानीय तहको निर्वाचन यही बैशाख ३० गते हुँदैछ । यसअघि २०७४ सालमा पहिलो स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचनले गाउँघरमा चुनावी माहोल तताएको छ । नेता कार्यकर्ताहरु गाउँगाउँ जनताको घरमा पुगेर भोट माग्दै हिडिरहेका छन् । यसपटक विभिन्न राजनितिक दल तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । विभिन्न राजनितिक दल तथा स्वतन्त्र उम्मेदवारी दिएका नेताहरु अहिले आफ्नो एजेन्डाहरु बोकेर जनता माझ पुगिरहेका छन् ।

No description available.

यसैक्रममा मकवानपुरको ऐतिहासिक मकवानपुरगढी गाउँपालिकामा पनि चुनावी माहोल तातिएका छन् । मकवानपुरगढीमा केही पार्टीबीच एकता भएका छन् भने केही वडाहरुमा एक्लाएक्लै चुनावी मैदानमा भिड्ने भएका छन् । त्यसैक्रममा वडा नंम्बर ५ मा भने चुनावी मैदानमा एक्लाएक्लै भिड्ने भएका छन् । ५ नंम्बर वडामा नेपाली कांग्रेसबाट दिपेश दाहालले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अहिले उनि जनताको घरघर पुगेर भोट माग्न व्यस्त छन् ।

No description available.

वि।स। २०५० साल फागुन १५ गते बुवा दशरथ दाहाल र आमा सावित्री दाहालको कोखबाट कान्छो छोराको रुपमा जन्म लिएको दाहाल स्कुल तहदेखि नै राजनितिक क्षेत्रमा लागेका थिए । उनको जीवन संघर्षमय छ । उनको बुवा हृदयघातका कारण २०५४ सालमा स्वर्गरोहन भएको थियो । बुवाको स्वर्गरोहन भएपछि आमाले ज्याला मजदुरी र खेतिपाती गरेर आफ्नो बालबच्चालाई पढाईन् । ३ वर्षको सानै उमेरमा बुवाले उनलाई छोडेपछि जसोतसोे आमाले हुर्काईन् । मकवानपुरगढीको वडा नंम्बर ५ कालिवनमा रहेको गुड फर्जुन ईङ्लिस बोर्डिङ स्कुलमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको अध्ययन गरेको दाहालले कक्षा ४ देखि सोही वडामा रहेको शारदा माध्यमिक विद्यालयमा आफ्नो अध्ययन सुरु गरी एस.एल.सी. सम्मको पढाई पुरा गरे । त्यस्तै व्यवस्थापन संकाय विषय लिएर शारदाबाट नै प्लस टु सम्मको आफ्नो अध्ययन पुरा गरे । प्लस टु पश्चात उनि पशुप्राविधिक अध्ययन गर्न चितवनको भरतपुरमा रहेको चितवन कान्तिपुर बहुप्रविधि शिक्षालयमा पुगे । उनि अध्ययनसँगसँगै राजनितिमा पनि भिज्दै गए । उनि २०६८ सालमा मकवानपुरको साविक आमभञ्ज्याङ गाउँ विकास समितिको तरुण दल अध्यक्ष बने । उनले त्यसबेलादेखि ठुलै राजनितिमा हात हाल्न थाले । यसअघि उनि विद्यालयतिर मात्र विद्यार्थीको हकमा राजनिति गरेर हिड्थे ।

No photo description available.

 

उनि २०७४ सालमा मकवानपुरगढी गाउँपालिकाको तरुण दल सचिव भए । त्यस्तै राजनितिमा फड्को मार्ने क्रममा नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सर्वसम्मत मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ को वडासभापतिमा निर्वाचित भए । उनि हाल ५ नंम्बरको वडा सभापति समेत रहेका छन् । उनि यसरी नै राजनितिक क्षेत्रमा लागिरहेका छन् । गाँउपलिकाकै युवा नेता समेत रहेका छन् । उनको सक्रियता र कार्यकुशलताबाट प्रभावित भएर पार्टीले उनलाई अहिले स्थानीय तहको निर्वाचनमा पार्टीले मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ को अध्यक्ष पदको उम्मेदवार बनाएको छ । उनि राजनिति क्षेत्रमा मात्र नभई कृषि तथा व्यवसाय क्षेत्रमा पनि दखल छन् । उनिले अहिले दाजुभाई एकिकृत कृषि फर्म समेत सञ्चालन गरिरहेका छन् । उनले गाउँका केही बेरोजगार युवाहरुलाई आफ्नो व्यवसायीतिर रोजगार दिएका छन् ।

No photo description available.

उनले आफुले मकवानपुरगढी गाउँपालिकाको ५ नंम्बर वडालाई नमुना वडामा परिचित बनाउने बताए । वडालाई कृषि क्षेत्र आधुनिकिकरण र व्यवसायीकरण गर्ने, वडाभर गुणस्तरीय शिक्षा र शैक्षिक स्तरोन्नतीको लागि पहल गर्ने, एक घर एक घारा, एक टनेल निर्माण गर्ने, निःशुल्क पशु बीमा कार्यक्रम संचालन गर्ने, मृतकको परिवारलाई राहत उपलब्ध गराउने, युवा स्वरोजगारको क्षेत्रमा काम गर्ने योजना रहेको समेत बताए ।

About the Author

Ad
Ad