Breaking
7 Dec 2024, Sat

उपनिर्वाचनले नेकपालाई पुनःपुष्टि गर्नेछ – महासचिव पौडेल

g]skf dxf;lrj kf}8]n unsf]6, & dª\l;/ -/f;;_ M afun’ª lhNnfsf] 9f]/kf6g gu/kflnsf–! j’lt{jfªdf zlgaf/ g]kfn sDo’lgi6 kf6L{ g]skf / /fli6«o hgdf]rf{sf] ;+o’Qm r’gfjL;efnfO{ ;Daf]wg ub}{ g]skfsf dxf;lrj lji0f’ kf}8]n . t:jL/ M v]d/fh uf}td, u08sL k|b]z

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा० र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए ।

नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताए । उनले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए । सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गरे । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताए । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।

Ad
Ad