2025-12-07 10:02 am

बारामा एकै परिवारका चार जनासहित खाल्डोमा ५ जनाको शव भेटियो

बाराको फेटा गाउँपालिका–४ मा एउटा खाली घरभित्र रहको अन्दाजी ६ फिट गहिरो खाल्डोमा पाँच जनाको शव भेटिएको छ ।

बुधबार राति ती शव फेला परेका हुन्। मृत्यु हुनेमा बारा बतरा टोलका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्‍नी लालमुनी देवी, छोरी १० वर्षीय सुमनी कुमारी, जोगाका भाइ ३५ वर्षीय महेन्द्र मुखिया बिन र एक भारतीय कामदार रहको प्रहरीले जनाएको छ ।

उनीहरुको मृत्युको कारण नखुले पनि बिजुली चोरेर प्रयोग गर्ने क्रममा करेन्ट लागेर उनीहरु मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। शव परीक्षण गरेपछि मात्र मृत्युको कारण खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। शव भेटिएको घरमा पहिले मदिरा भट्टी सञ्चालन हुने गरेको प्रहरीले जनाएको छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad