Breaking
7 Dec 2024, Sat

महराबाट दुर्व्यवहार नभएको भन्दै पीडित महिलाले प्रहरीमा दिइन् निवेदन

तत्कालिन सभामुख कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै आरोप लगाउने महिलाले कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले महिलाले निवेदन दर्ता गराएको जानकारी दिए । उनले प्रहरीमा निवेदन दिएसँगै महरामाथिको छानविन रोकिने सम्भावना बढेको छ ।

यसअघि, पीडित भनिएकी महिलाबाट उजुरी नआउँदा  महरामाथि लागेको यौन दुराचारको आरोपबारे अनुसन्धान प्रक्रिया अन्यौलमा परेको थियो । संसद् सचिवालयकी कर्मचारीसमेत रहेकी ति महिलाले बुधवार प्रहीमा दिएको निवेदनमा आफू डिप्रेशनको बिरामी रहेको र औषधिसमेत खाँदै गरेको उल्लेख गर्दै महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको जनाएकी छिन् ।

त्यस्तै महरामाथिको दुर्व्यवहार समाचार कसरी बाहिरियो भन्नेबारे समेत थाहा नभएको व्यहोरा उनले निवेदनमा उल्लेख गरेकी छन् । सोमबार राति एक अनलाईनलाई दिएको भिडियो अन्तर्वार्तामा आफूमाथि महराबाट यौन दुर्व्यवहार भएको दाबी  गरेकी उनले मंगलबार नै अर्को एक भिडियो अन्तरवार्तामा आफूमाथि कुनै दुर्व्ववहार नभएको बताएकी थिइन् ।

बलात्कारको घटना सार्वजनिक भएपछि चर्को आलोचना खेपेका महराले नेकपाको सुझाव अनुसार मंगलबारनै पदबाट   राजीनामा दिएका थिए । बुधबार संसद सचिवालयले महराको राजीनामा बारे सूचना प्रकाशन गरेको छ ।

Ad
Ad