सरकारले आज पुस १५ गते तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको छ । बुधवार बसेको मन्त्रिपरिषद बैठकले आज विदा दिने निर्णय गरेको हो । २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक विदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै विदा हुने भनी उल्लेख थियो ।